सितन बिनाको पेग जस्तो



 कस्तो ! कस्तो ! मधुरो

फिक्का ! फिक्का !

सितन बिनाको पेग जस्तो


तारा हराएको-मध्य रात जस्तो,

जिन्दगी त हिउँदैमा रमाउनु पर्ने रैछ

बर्खामा त पहिरो पनि भू-कम्प जस्तो,


कसैको प्रश्न - अहो रहरको धरहरा भाँचिए 

की क्या हो तिम्रो !

- रहर बिनाको जिन्दगी त 

फुलबिनाको बगैंचा जस्तो,


ता पनि कतै कतै जिन्दगी  त

रङ्ग हराएको इन्द्रेणी जस्तो ।

कस्तो ! कस्तो ! मधुरो

फिक्का ! फिक्का !

सितन बिनाको पेग जस्तो  ।।


Comments

Popular posts from this blog

पत्र-पत्र याद

डर

कागजको डुङ्गा