डर



कतै गल्ती हुने डर 


कतै गन्ती नहुने डर 


कोलाहल भिडमै हराइने डर


लक्ष्यमा दृढ नै नकहलाइने डर




अरुलाइ ठेस पुग्ने डर


यसै केश फुल्ने डर 


परिवारको आशा मेटिने डर 


परिस्थितिले आफ्नै घाँटि रेटिने डर




आमाको खुशी बन्न नसकिने डर


बाबुको सुखि साहरा भन्न नसकिने डर 


आफ्नाको डर 


अर्काको डर




केहि भन्दा साथीभाइको चित्त दुख्ने डर


अनायास हितैषी मित्र छुट्ने डर 


समाजले सेकेर केहि भन्ने डर


हुनेले देखेर सेखि गर्ने डर




आफु आफै सँग हार्ने डर 


बाठा टाठाले जालमा पार्ने डर


नाम नकमाउने डर


ठगले अपनाउने डर




आफ्नो धन भस्म  हुने डर 


मन आफ्नै बसमा नहुने डर 


सोच्दै डरलाग्दो अँध्यारो डर


निर्मल मनमा भिन्न भिन्न डर




सबैलाई गाँज्ने अभिन्न भयो डर


केवल मनको डर 


केवल मनको डर ।।

Comments

Popular posts from this blog

पत्र-पत्र याद

कागजको डुङ्गा