कागजको डुङ्गा


मख्ख थियो कागजको डुङ्गा

कुलोको पानी सँगको संगममा,

सुस्तरी बिज्दै जान्छ पानी


डुङ्गाको आङ भरी !


अझै चञ्चल थियो डुङ्गा - नाच्दैतैरँदै,


किनकी अज्ञात थियो  


गल्दै गएको उस्को शरीर 


टुक्रँदै-छुट्टँदै 


प्रणालीअङ्गतन्तु हुँदै कोशीका  अस्तित्व विहिन सम्म हुनेछ 

Comments

Popular posts from this blog

पत्र-पत्र याद

डर