Posts

Showing posts from May, 2025

डर

Image
कतै गल्ती हुने डर   कतै गन्ती नहुने डर   कोलाहल भिडमै हराइने डर लक्ष्यमा दृढ नै नकहलाइने डर । अरुलाइ ठेस पुग्ने डर यसै केश फुल्ने डर   परिवारको आशा मेटिने डर   परिस्थितिले आफ्नै घाँटि रेटिने डर । आमाको खुशी बन्न नसकिने डर बाबुको सुखि साहरा भन्न नसकिने डर   आफ्नाको डर   अर्काको डर । केहि भन्दा साथीभाइको चित्त दुख्ने डर अनायास हितैषी मित्र छुट्ने डर   समाजले सेकेर केहि भन्ने डर हुनेले देखेर सेखि गर्ने डर । आफु आफै सँग हार्ने डर   बाठा टाठाले जालमा पार्ने डर नाम नकमाउने डर ठगले अपनाउने डर । आफ्नो धन भस्म   हुने डर   मन आफ्नै बसमा नहुने डर   सोच्दै डरलाग्दो अँध्यारो डर निर्मल मनमा भिन्न भिन्न डर । सबैलाई गाँज्ने अभिन्न भयो डर केवल मनको डर   केवल मनको डर ।।

कागजको डुङ्गा

Image
मख्ख   थियो   कागजको   डुङ्गा कुलोको   पानी   सँगको   संगममा , सुस्तरी   बिज्दै   जान्छ   पानी डुङ्गाको   आङ   भरी  ! अझै   चञ्चल   थियो   डुङ्गा  -  नाच्दै ,  तैरँदै , किनकी   अज्ञात   थियो   उ   गल्दै   गएको   उस्को   शरीर   टुक्रँदै - छुट्टँदै   प्रणाली ,  अङ्ग ,  तन्तु   हुँदै   कोशीका   र   अस्तित्व   विहिन   सम्म   हुनेछ   ।

पत्र-पत्र याद

Image
                                           म , म मात्र भएँ                                            तिमी , तिमी मात्र भयौ                                            तिम्रो अन्तस्करणमा गलत म भएँ                                               मेरो मगजमा हिस्सा तिमी भयौ । तिमी वृक्षको एक हाँगा भयौ पत्झर पात म भएँ अनुभुतिका पत्र - पत्र याद भए ।। छुट्टिए ' पछि हाँगाका सम्झनामा म , गल्दै गएँ । सड्दै गएँ । विलिन भएँ । तिमी नवीन पाउला फेर्नमै , अस्त भयौ । व्यस्त भयौ । मस्त भयौ । म , म मात्र भएँ     ...