ओढारको चेपमा - प्रश्नवाच
म ओढारको चेपमा उम्रीएको टुसा म जन्मिएको कोखमा थोरै माटो भएर के भो ? मेरा यी कलिला जराले मलिला माटोको सागरमा डुबुल्की मार्ने सपना नदेख्लान् र ! म अनकन्टारमा भएर के भो ? आकाशबाट तप-तप चुहिएका बादलुको महरस पिउँदै, नझाङ्गिएको मेरो शिरले सुर्यको स्पर्श खोज्न नलम्किएला र ! यो प्रश्न उसैलाई जसले मेरि आमालाई यो अनकन्टार ओढारमा बिचल्लीत बनाइदियो । यो प्रश्न उसैलाई जो मेरो अस्तित्व चाहँदैनथ्यो । म ओढारको अँध्यारो चेपमा उम्रीएको टुसा के, मैले विशाल भिरलाइ उर्लिएको छहरेसँगै बग्नबाट बचाउन नसकुँला र ! के मैले बहुलाएको बर्खामा तिम्रो घर बग्न बाट रोक्न नसकुँला र ! म ओढारको चेपमा उम्रीएको टुसा ।।